काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बिहीबार आयोजित नगरसभामा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै कुल बजेटमध्ये पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको बताइन्। बजेटमा ६१ प्रतिशत हिस्सा पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ।
महानगरका अनुसार सञ्चित कोषमा जम्मा हुने रकममध्ये आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। त्यस्तै नेपाल सरकार तथा प्रदेश सरकारबाट समानीकरण, सशर्त अनुदान र राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ भने जनसहभागिताबाट १ करोड रुपैयाँ संकलन हुने अनुमान छ।
क्षेत्रगत विनियोजन अनुसार आर्थिक विकास क्षेत्रमा २।१ प्रतिशत ९५४ करोड १८ लाख २० हजार०, सामाजिक विकास क्षेत्रमा ९।६ प्रतिशत ९२ अर्ब ४२ करोड २७ लाख ३१ हजार०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८।५ प्रतिशत ९२ अर्ब १३ करोड ४७ लाख ९२ हजार० र प्रशासनिक तथा कार्यालय सञ्चालनमा १८।८ प्रतिशत ९४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार० बजेट छुट्याइएको छ।
त्यसैगरी वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा क्षेत्रमा १ अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड, सूचना प्रविधिका लागि ४१ करोड, स्वास्थ्य सेवाका लागि ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
महानगरले आगामी वर्ष पूर्वाधार विस्तार, फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि तथा “एक वडा एक उद्यम” कार्यक्रममार्फत रोजगारी र आय वृद्धि गर्ने योजना अघि सारेको छ।
त्यसैगरी प्रदूषण नियन्त्रण, सार्वजनिक यातायात व्यवस्थापन, तथा काठमाडौँका ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकतामा राखिएको छ।
युवालक्षित स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ छुट्याइएको छ भने “कमाउँदै–पढ्दैरसिक्दै” कार्यक्रम, जेन्जी सहिद तथा अमर प्रहरी स्मारक निर्माणलगायत कार्यक्रम पनि बजेटमा समावेश छन्।
महानगरले अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्था मिलाउने जनाएको छ। त्यस्तै पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ।