Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौं महानगरद्धारा कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला

काठमाडौं महानगरद्धारा कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

महानगरको शिक्षा विभागले जारी गरेको सूचनाअनुसार आवेदन प्रक्रिया आगामी जेठ १ गते बिहान १० बजेदेखि सुरु हुनेछ ।

महानगरका अनुसार विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत जेठ १० गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्नेछन्।

छात्रवृत्ति परीक्षाको लिखित परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने तय गरिएको छ। परीक्षा माध्यमिक तह ९कक्षा १०० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरूमा आधारित हुनेछ।

परीक्षासम्बन्धी विस्तृत विवरण, विषयगत अङ्कभार, परीक्षा केन्द्र तथा विद्यालयगत कोटा सम्बन्धी जानकारी महानगरपालिकाको वेबसाइटमा उपलब्ध हुने शिक्षा विभागले जनाएको छ।

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

०७९ सालदेखि व्यवस्थित रूपमा सुरु गरिएको यो कार्यक्रमबाट हालसम्म देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077