Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

सोमवार , जेठ १८, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

महानगरपालिकाले जेठ १७ गते सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गर्दै न्यूनतम ४० अंक प्राप्त गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरेको जनाएको छ।

छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार उत्तीर्ण विद्यार्थीहरूले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् ।

महानगरपालिकाका अनुसार परीक्षार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

नतिजा हेर्न रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमा प्राप्त पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077