Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट हुने भएको छ । 

बैंक र दुईवटा लजहरुबीचको समझदारी पत्रमा हस्ताक्षर भएसँगै छुट हुने भएको हो । 

यस समझदारी पश्चात बैंकका ग्राहक महानुभावहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नै बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

समझदारी अनुसार एनआईसीका ग्राहकहरुले उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सक्नेछन् । 

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 

उक्त लजहरुसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077