Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

गृहमन्त्री गुरुङ भन्छन् - निर्मला पन्त हत्या प्रकरणमा संवेदनशील छु, अनुसन्धान जारी छ

गृहमन्त्री गुरुङ भन्छन् - निर्मला पन्त हत्या प्रकरणमा संवेदनशील छु, अनुसन्धान जारी छ

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानप्रति सरकार संवेदनशील रहेको बताएका छन् । उनले आठ वर्ष पुरानो यस जघन्य घटनाको अनुसन्धान प्रक्रिया पुनः अघि बढाइएको जानकारी दिए।

प्रतिनिधिसभामा गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले अनुसन्धानलाई संवेदनशील र गोप्य ढंगले अघि बढाउनुपर्ने अवस्था रहेको स्पष्ट पारे।

‘हाम्रो छोरीचेलीलाई जसरी हत्या गरियो र त्यसपछि जसरी राजनीतिकरण गरियो, त्यो पनि गम्भीर विषय हो,’ उनले भने, ‘सानो बालिकाको लासमाथि राजनीति गर्ने व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न अनुसन्धान अगाडि बढिरहेको छ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो। घटनाको अनुसन्धानका क्रममा विभिन्न व्यक्ति पक्राउ परे पनि हालसम्म दोषी पहिचान हुन सकेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077