Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रास्वपाको आगामी महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

रास्वपाको आगामी महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान जनाएको छ। 

बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सो जानकारी दिएका हुन् ।

महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने उनले बताए ।

उनले भने- 'हाम्रो महाधिवेशनको खर्च करिब ४ करोड जति हुने अनुमान छ । त्यो मध्ये प्रतिनिधिहरू हामीले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकम पार्टीकै सदस्यहरू, शुभचिन्तकहरूबाट सहयोगहरू आउँछ । हामीले सम्बन्धित प्रोभाइडर, सर्भिस प्रोभाइडर अथवा गुड्स प्रोभाइडरहरूसँग छुट दिने भन्ने विषयमा छलफल भइराखेको छ।' 

उनका अनुसार महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरुसँग आवश्यक सहुलियतका विषयमा छलफल भइरहेको छ । केही सेवा प्रदायकहरूले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेको उनको दाबी छ । क्याटरिङ लगायत धेरै खर्च हुने व्यवसायीहरूले नाफा नलिई लागतका आधारमा मात्रै शुल्क लिने प्रस्ताव गरेको उनको भनाई छ ।

रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुँदैछ।

महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेस्ट हाउस मैदानमा उद्घाटन हुनेछ। असार ८ र ९ गते मैदान नजिकै रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र चल्नेछ। 

महाधिवेशनबाट पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्य चयन हुनेछन्। 

त्यसपछि दोस्रो चरणमा निर्वाचित सदस्यबाट तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्री चयन हुनेछन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077