Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पासपोर्ट ठेक्का प्रकरण : कार्यालय प्रमुखको तहबाट टुंगिने खरिद प्रक्रियामा आरजु पनि तानिइन्, अख्तियारद्वारा म्याद तामेल

पासपोर्ट ठेक्का प्रकरण : कार्यालय प्रमुखको तहबाट टुंगिने खरिद प्रक्रियामा आरजु पनि तानिइन्, अख्तियारद्वारा म्याद तामेल

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा ल्याएको छ ।

आयोगको टोलीले बुधबार जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते जलेर खण्डहर बनेको बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर ‘बयानका लागि हाजिर हुन आउनु’ भनी म्याद तामेल गरेको हो ।

कानूनी प्रक्रिया अनुसार, बयानका लागि झिकाउनुपर्ने व्यक्ति सम्पर्कमा नआएमा उसको स्थायी ठेगानामा म्याद तामेल गर्नुपर्ने हुन्छ ।

घर नै जलेर खण्डहर भएको अवस्थामा गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको अवस्थामा आयोगले पनि म्याद तामेल गरेको हो । 

यद्यपी उक्त प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वमन्त्री राणालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । 

उपचारका क्रममा विदेशमा रहेका बेला पक्रउपुर्जी जारी भएपछि देउवा दम्पत्तीले चाँडै नै नेपाल आएर अनुसन्धानमा सहयोग गर्ने बताइसकेका छन् । 
साउन भित्रै नेपाल फर्किैने र अनुसन्धानमा सहयोग गर्ने भन्दै सम्पत्ती शुद्धीकरण विभागलाई पत्र पठाइसकेको अवस्थामा अख्तियारले भने पासपोर्ट प्रकरणमा आज म्याद तामेल गरेको हो । 

गतवर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती नेपाल फर्किएका छैनन् । उनीहरुले दुई दिनअघि मात्रै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र विशेष अदालतमा पत्र पठाएर दुई महिनापछि नेपाल फर्किने जानकारी गराएका थिए ।

पासपोर्ट खरिद प्रक्रियामा तत्कालिन परराष्ट्रमन्त्री डा. आरजु देउवाको कुनै लिखित निर्देशन वा अन्य निर्णय देखिँदैन ।

कार्यालय प्रमुख (राहदानी विभागका महानिर्देशक) को तहबाट टुंगिने खरिद प्रक्रियामा त्यो भन्दा माथिल्लो तहका अधिकारीहरुको समेत कागजी संलग्नता रहँदैन ।

उक्त प्रकरणमा राहदानी विभागका महानिर्देशकसहित चार जना पक्राउ परिसकेको अवस्थामा अख्तियारमा परेको उजुरीको आधारमा राणामाथि अनुसन्धान शुरु गर्न म्याद तामेल गरिएको अख्तियार स्रोत बताउँछ । 

अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, नमस्ते ग्लोबल कम प्रालिका प्रमुख कार्यकारी अधिकृत  एवं विचौलिया  मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अख्तियारले सहसचिव (सूचना प्रविधि) मुकेश रेग्मी, निर्देशकहरु सोमेश थापा, ध्रुव तिवारी, कम्प्यूटर इञ्जिनियर सुवास ढकाल, लगायत १० जनाभन्दा बढी व्यक्तिसँग बयान लिइरहेको छ ।

सुरक्षाकर्मीको नियन्त्रणमा आएर पनि पारिवारिक कारण देखाएर निस्किएका सिद्धार्थ थापा फरार भएको अख्तियारसम्वद्ध स्रोतले बतायो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077