Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आरजु राणाको दाबी- मेरो घरबाट रकम जल्यो भन्नु अफवाह हो

आरजु राणाको दाबी- मेरो घरबाट रकम जल्यो भन्नु अफवाह हो

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित आफ्नो निवासमा भएको आगजनीमा पैसा जलेको भन्ने खबर झुटो भएको दाबी गरेकी छन् ।

जेनजी आन्दोलनमा भइरहदा बेलैमा सेना परिचालन नगरेकोले जनधनको क्षति भएको भन्दै आरजुसहित केही राजनीतिक दलहरूलाई कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो ।

उक्त मुद्दामा लिखित जवाफ पेश गर्दै विभिन्न सञ्चारमाध्यम फैलाइएको उक्त खबर झुटो भएको दाबी गरेकी हुन् ।

‘म तथा मेरो पति नेपाली कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको विभिन्न टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्ने व्यहोरा उल्लेख गरी दोषारोपण गरिएको छ । जहाँसम्म मेरो घरबाट रकम जलेको भन्ने फैलाइएका अफवाहको सरकार र सम्बन्धित निकायबाट जाँचबुझ भै क्षतीको मुचुल्का समेत भै गएको अवस्था छ । आशंकामा आधारित पूर्वाग्रही आरोपयुक्त रिट निवेदन खारेज गरी पाउँ,' उनले लिखित जवाफमा भनेकी छन्

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077