Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रधानमन्त्रीपछि सदनमा हर्कले खोजे रक्षामन्त्री- मन्त्री को हुन् मन्त्रालयगत छलफलमा बोलाइयोस्

प्रधानमन्त्रीपछि सदनमा हर्कले खोजे रक्षामन्त्री- मन्त्री को हुन् मन्त्रालयगत छलफलमा बोलाइयोस्

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलमा रक्षामन्त्रीले पनि उपस्थित हुनुपर्ने माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजको बजेट छलफल रक्षाको समेत भएकाले रक्षामन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका हुन् । 

'रक्षा मन्त्रालयको बजेट छलफलमा रक्षा मन्त्रीलाई बोलाइयोस् । रक्षा मन्त्रीलाई मैले यहाँ देखेको छैन, उहाँलाई बोलाइयोस् । र त्यो भन्दा पनि ठुलो रक्षा मन्त्रालय अन्त्रगतको बजेट बुक हामीलाई अझै किन दिइएन ? यसको उत्तर चाहन्छु,' साम्पाङले भने ।

रक्षा मन्त्रालयअन्तर्गतको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै उनले आपत्ति जनाए ।

रक्षा मन्त्रालयको खर्च विवरण समावेश भएको पुस्तक सांसदहरूलाई किन वितरण गरिएन रु भन्दै उनले सभामुखमार्फत सरकारसँग जवाफ माग गरे ।

साथै उनले प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पार्टीको माग कायमै रहेको बताए। रक्षा मन्त्रालय प्रधानमन्त्री वालेन्द्र शाहले आफै राखेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077