Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

देशप्रेमकै कारण गाली खानुपरेको हर्कको गुनासो, भन्छन् - खुट्टा तान्ने प्रवृत्ति अन्त्य नभएसम्म देश बन्दैन

देशप्रेमकै कारण गाली खानुपरेको हर्कको गुनासो, भन्छन् - खुट्टा तान्ने प्रवृत्ति अन्त्य नभएसम्म देश बन्दैन

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको हितका लागि आवाज उठाएकै कारण आफू निरन्तर गाली, अपमान र तिरस्कारको सिकार भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले नेपाली समाजमा अरूले गरेको राम्रो कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति हावी रहेको टिप्पणी गरे ।

साम्पाङले देशप्रेमकै कारण आफू सबैभन्दा बढी आलोचना र गालीको निशानामा परेको दाबी गर्दै आफूलाई रोक्न खोजिए पनि आफ्नो अभियान नरोकिने बताए।

धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली आउने गरेको स्मरण गर्दै उनले अहिले त्यो संख्या बढेर दैनिक १० हजार पुगेको दाबी गरे।

'मलाई गाली गर्ने सबैलाई सम्मान छ। तपाईंहरू गाली गरिरहनुस्, म मेरो बाटो हिँडिरहन्छु। अन्ततः जित सत्य र कामकै हुनेछ,' उनले भने।

दार्चुलामा निर्माणाधीन झोलुङ्गे पुलको उदाहरण दिँदै उनले विरोध र अवरोधका बीच पनि कामलाई सफल बनाएको उल्लेख गरे। 'खुट्टा तान्नेहरू धेरै थिए, तर हामीले पुलको लट्ठा तानेर पुल निर्माणको चरणमा पुर्‍यायौं। अब केही दिनमै उद्घाटन गर्न जाँदैछौं,' उनले बताए।

साम्पाङले नेपाली समाजमा आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने मानसिकता रहेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म देशले गति लिन नसक्ने बताए। उनले काम गर्ने व्यक्तिलाई निरुत्साहित गर्ने संस्कार त्याग्न आग्रह गरे।

सीमा सुरक्षाको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराउँदै सुस्तामा भारतीय सुरक्षा बल प्रवेश गरेको घटनाप्रति राज्य संवेदनशील हुनुपर्ने धारणा राखे। देशको सार्वभौमिकता र सीमाको रक्षाका लागि सरकार दृढ बन्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077