Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - नयाँ शक्तिको नाम बारम्बार फेर्नु मेरो कमजोरी थियो

बाबुराम भट्टराई भन्छन् - नयाँ शक्तिको नाम बारम्बार फेर्नु मेरो कमजोरी थियो

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले स्थापना गरेको ‘नयाँ शक्ति’को नाम पटक–पटक परिवर्तन गर्नु राजनीतिक रूपमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौंमा नयाँ शक्ति स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वैकल्पिक राजनीतिक अभियान सही भए पनि ब्रान्ड परिवर्तनले जनतामा अन्योल सिर्जना गरेको बताए ।

'नयाँ शक्तिको ब्रान्ड स्थापित भइसकेपछि बारम्बार नाम परिवर्तन गर्दा जनतामा भ्रम र अन्योल पैदा भयो, त्यो हाम्रो कमजोरी रह्यो,' भट्टराईले भने।

उनले वैकल्पिक राजनीतिको अवधारणा सही सावित भएको दाबी गर्दै त्यसैको प्रभावस्वरूप अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको बताए।

पुराना राजनीतिक दलहरूसँग अब देशलाई नयाँ दिशा दिने स्पष्ट योजना र क्षमता नरहेको उनको टिप्पणी थियो।

डा. भट्टराईले पुराना दलहरू आफ्नै कमजोरीका कारण क्रमशः पतनको बाटोमा रहेको उल्लेख गर्दै अब देशको नेतृत्व वैकल्पिक शक्तिहरूले गर्नुपर्ने बताए। 

रास्वपाबारे बोल्दै उनले उक्त पार्टीले विज्ञान, प्रविधि र मध्यम वर्गको मनोविज्ञान बुझेर अगाडि बढेकाले छोटो समयमै लोकप्रियता हासिल गरेको बताए। यद्यपि रास्वपाको राजनीतिक धार ‘राइट अफ सेन्टर’ अर्थात् मध्य-दक्षिणपन्थी रहेको उनको विश्लेषण छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077