Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनलाई शुभकामना दिँदै बाबुरामले भने - ऐतिहासिक जिम्मेवारी, अब देशले नयाँ दिशा लिनुपर्छ

बालेनलाई शुभकामना दिँदै बाबुरामले भने - ऐतिहासिक जिम्मेवारी, अब देशले नयाँ दिशा लिनुपर्छ

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा तथा मधेसी मूलका पहिलो प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले बालेनको काँधमा ऐतिहासिक जिम्मेवारी आएको उल्लेख गर्दै उनको नेतृत्वमा देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका हुन् ।

भट्टराईले लामो समयदेखि नेपालको अर्थ–राजनीतिक संरचना आन्तरिक रूपमा गत्यावरोधमा फसेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न नयाँ प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

उनले आन्तरिक अर्थतन्त्र सुधारसँगै बदलिँदो अन्तर्राष्ट्रिय भू–राजनीतिक अवस्थाका चुनौती र अवसरलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु बालेनको प्रमुख दायित्व हुने बताए।

उनका अनुसार २१औँ शताब्दीका आधुनिक आकांक्षा पूरा गर्ने दिशामा नयाँ नेतृत्व सफल हुनुपर्नेछ। 'नेपाल लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियाबाट गुज्रिँदै अब सुशासन र समावेशी समृद्धिको नयाँ चरणमा प्रवेश गरिरहेको छ,' भट्टराईले उल्लेख गरेका छन्।

भट्टराईले अबको राजनीति डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० मैत्री युवा पुस्तातर्फ हस्तान्तरण हुँदै गएको पनि बताएका छन्। परम्परागत शैलीबाट प्रविधिमैत्री नेतृत्वतर्फ सत्ताको हस्तान्तरणलाई उनले समयको माग र युगको आवश्यकता ठानेका छन्।

युवा नेतृत्वप्रति समाजको दृष्टिकोणबारे पनि उनले स्पष्ट धारणा राखेका छन् । नयाँ नेतृत्वलाई काम गर्ने सहज वातावरण दिनुपर्नेमा जोड दिँदै उनले कसैलाई देवत्वकरण वा दानवीकरण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।

उनले व्यक्ति वा दलका कामको गुण–दोषका आधारमा मात्रै समर्थन वा विरोध गर्ने स्वस्थ लोकतान्त्रिक संस्कृतिको विकास गर्न सबैलाई आह्वान गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077