Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुकुम्बासीहरूलाई डोजर लगाएर जहाँसुकै जाउ भन्न मिल्दैन, पुनर्स्थापनाको व्यवस्था हुनुपर्छ : बाबुराम भट्टराई

सुकुम्बासीहरूलाई डोजर लगाएर जहाँसुकै जाउ भन्न मिल्दैन, पुनर्स्थापनाको व्यवस्था हुनुपर्छ : बाबुराम भट्टराई

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्वासी बस्ती हटाउनुअघि वैकल्पिक आवासको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

भट्टराईले बल्खुस्थित सुकुम्वासी बस्तीको अनुगमनपछि भिडियो सन्देश जारी गर्दै पुनर्स्थापना बिना डोजर प्रयोग गर्नु अन्यायपूर्ण हुने बताएका हुन् ।

उनले संविधानले आवासलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै सुकुम्वासीलाई जबर्जस्ती हटाउनु समाधान नभएको स्पष्ट पारे।

'हामी सबैको मौलिक अधिकार एउटै हो। संविधानले आवासलाई मौलिक अधिकार मानेको छ। सुकुम्वासीहरूलाई डोजर लगाएर जहाँसुकै जाउ भन्न मिल्दैन, पहिले पुनर्स्थापनाको व्यवस्था हुनुपर्छ,' उनले भने।

भट्टराईले नदी किनारको सौन्दर्यीकरण आवश्यक भए पनि त्यसअघि मानवीय व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077