Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भोलि किन भारत जाँदैछन् बाबुराम भट्टराई ?

भोलि किन भारत जाँदैछन् बाबुराम भट्टराई ?

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाँदैछन् ।

भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी भारत जान लागेका हुन्। 

भ्रमणमा उनीसँगै पूर्वमन्त्री एवं नेतृ हिसिला यमि पनि सहभागी हुनेछिन् । डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुने यो व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।

ग्वालियरको कार्यक्रम सकिएलगत्तै डा. भट्टराई नयाँ दिल्ली प्रस्थान गर्नेछन् । 
दुवै कार्यक्रम सकेर भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077