काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले छोटो समयमै आन्दोलनको परम्परागत बाटो नअपनाई जनताको मन जितेर रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको टिप्पणी गरे ।
भट्टराईले चार वर्षभित्रै रास्वपाले हासिल गरेको उपलब्धिलाई नेपाली राजनीतिको ‘नयाँ कडी’का रूपमा लिनुपर्ने बताए । 'आन्दोलन नगरी जनताको मन जितेर रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको छ । यसलाई नेपाली राजनीतिको नयाँ कडीका रूपमा लिनुपर्छ,' उनले भने ।
उनले रास्वपालाई आफूले लामो समयदेखि खोजेको वैकल्पिक राजनीतिको नयाँ स्वरूपका रूपमा हेरेको बताए ।