Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन

रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन

आइतवार , आषाढ ७, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ। 

चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा आज पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र 'बालेन' शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्। 

उद्घाटनका क्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतविपक्षी दलका नेताहरूले पनि घण्टी थमाईदिएका छन् ।

महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्।

उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गरेका दलहरुमध्येबाट नेपाली कांग्रेसका सभापति थापा, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । 

यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत पनि महाधिवेशनमा पुगेका छन्।

भरतपुरमा आजदेखि सुरु भएको महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नीति र नेतृत्व चयन गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077