Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा महाधिवेशनमा सहभागी हुन गगन थापा पुगे चितवन, अरु दलका नेताहरु पनि पुग्ने क्रम जारी

रास्वपा महाधिवेशनमा सहभागी हुन गगन थापा पुगे चितवन, अरु दलका नेताहरु पनि पुग्ने क्रम जारी

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेताहरू चितवन पुग्ने क्रम जारी छ । 

यसैक्रममा नेपाली कांग्रेस सभापति गगनकुमार थापा पनि चितवन पुगेका छन् । थापासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई चितवन पुगेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, जनमत पार्टीका पूर्वअध्यक्ष चन्द्रकन्त राउत सिके, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू यसअघि नै पुगिसकेका छन् ।

श्रम संस्कृति पार्टीबाट भने कुनै नेताहरू सहभागि नहुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077