चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटनस्थल गएरातिको अविरल वर्षाका कारण जलमग्न भएको छ। भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा पानी जम्दा उद्घाटन तयारी प्रभावित भएको हो।
अहिले स्थलमा मोटर तथा पम्प प्रयोग गरेर जमेको पानी हटाउने र मञ्च क्षेत्र सफा गर्ने काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।
महाधिवेशनको उद्घाटन आइतबार दिउँसो १ बजे हुने तय गरिएको छ। उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुखसमेत रहेका वरिष्ठ नेता बालेन शाह ले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहने जनाइएको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक बसेको थियो। त्यसैगरी आइतबार बिहान गृहमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सुधन गुरुङ ले महाधिवेशनस्थलको स्थलगत अवलोकन गरेका थिए।