Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मोरङ कारागारका कैदीको मृत्यु

मोरङ कारागारका कैदीको मृत्यु

आइतवार , आषाढ ७, २०८३

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला कारागार मोरङका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ का ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान करिब २ बजे कोशी अस्पतालमा निधन भएको हो ।

कारागार प्रशासनका अनुसार दाहाललाई शनिबार बिहान अचानक चक्कर लाग्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि प्रारम्भिक उपचारका लागि अस्पताल लगिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।

कारागार प्रमुख राजन घिमिरेका अनुसार बिरामी परेपछि तत्कालै परिवारलाई जानकारी गराइएको थियो र आफन्तको उपस्थितिमै उपचार प्रक्रिया अघि बढाइएको थियो। तर चिकित्सकको प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका दाहाल २०७५ साल पुस ६ गतेदेखि कारागारमा रहेका थिए।

जिल्ला अदालत मोरङको फैसलाअनुसार उनलाई १६ वर्ष कैद सजाय तोकिएको थियो, जसअनुसार उनले २०९१ सालसम्म कैद भुक्तान गर्नुपर्ने थियो। हालसम्म उनले करिब साढे सात वर्ष कारागारमा बिताइसकेका थिए।

हाल मृतकको शव कोशी अस्पतालमै राखिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077