Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालकुमारीमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, ३ जना पक्राउ

बालकुमारीमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, ३ जना पक्राउ

शनिवार , आषाढ ६, २०८३

ललितपुर । ललितपुरको बालकुमारीस्थित लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसन सञ्चालन गर्दै संदिग्ध लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा एक राउण्ड गोली चलाएको हो ।

उक्त कारबाहीका क्रममा तीन जना लागुऔषध कारोबारी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

घटनाका क्रममा कोही घाइते भए नभएको, पक्राउ परेकाहरूको परिचय र बरामद सामग्रीबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

घटनापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077