Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चोरीको गाडी चढेर चोरी गर्ने मियाँ पक्राउ

चोरीको गाडी चढेर चोरी गर्ने मियाँ पक्राउ

शुक्रवार , आषाढ ५, २०८३

रौतहट । रौतहटको बरहथवा नगरपालिका–३ प्रतिटोलमा चोरीकै पिकअप गाडी प्रयोग गरी चोरी गर्दै गरेका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमुन मियाँ रहेका छन्। उनलाई शुक्रबार बिहान करिब ४ बजे स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएर प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मियाँले सुरुमा विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेका थिए।

त्यसपछि नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न प्रवेश गरेका बेला घरधनीकी श्रीमतीले देखेपछि होहल्ला मच्चिएको थियो। स्थानीयको सक्रियतापछि उनी भाग्न नसकी पक्राउ परेका हुन्।

घटनास्थलबाट प्रहरीले मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी पनि बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको कार्यक्षेत्रबाट चोरी भएको गाडीसँग मेल खाएको सर्लाही प्रहरीले जनाएको छ।

सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका युवक र बरामद गाडीबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077