Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दीपक भट्ट र सुलभ अग्रवाललाई अर्को झट्का : बैंकिङ कसुरमा पनि थुनामा पठाउन उच्च अदालतको आदेश

दीपक भट्ट र सुलभ अग्रवाललाई अर्को झट्का : बैंकिङ कसुरमा पनि थुनामा पठाउन उच्च अदालतको आदेश

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा पनि पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि दायर भएको बैंकिङ कसुर मुद्दामा शुक्रबार न्यायाधीश ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले दुवैलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन आदेश दिएको हो।

यसअघि पनि विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशपछि भट्ट र अग्रवाल हाल डिल्लीबजार कारागारमा रहेका छन्।

उनीहरुविरुद्ध कानुनी दबाब अझै बढ्ने देखिएको छ। जिल्ला अदालत काठमाडौंमा धितोपत्रसम्बन्धी कसुर र बिमासम्बन्धी कसुरका दुई छुट्टाछुट्टै मुद्दा समेत दायर भइसकेका छन्।

ती मुद्दामा भने थुनछेक आदेश आउन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। उक्त दुई मुद्दामा भट्ट र अग्रवालसहित अन्य प्रतिवादीहरूलाई पनि अभियुक्त बनाइएको भए पनि उनीहरूबाहेकका सबै प्रतिवादी हाल फरार रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077