Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान

दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले प्रतिवादीहरूको बयान र थुनछेक बहस सम्पन्न भएपछि उनीहरूलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने आदेश दिएको हो ।

भट्ट र अग्रवालमाथि संगठित रूपमा सम्पत्ति शुद्धीकरण गरेको, सेयर बजारमा चलखेल गरेको, बिमा कम्पनीको रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको आरोप छ।

भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरिएको छ भने अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ।

उनीहरूले जगदम्बा स्टिल्स, इन्फिनिटी होल्डिङ्स र सौर्य सिमेन्ट जस्ता कम्पनीहरूको आवरणमा 'लेयरिङ' मार्फत अवैध धनलाई वैध बनाउन खोजेको, हिमालयन रि-इन्सुरेन्सको सेयरमा कृत्रिम मूल्य वृद्धि गराएको र सूचना चुहाएर लाभ लिएको जिकिर गरिएको छ । 

यस प्रकरणमा अनुसन्धानका क्रममा दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077