Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

बलात्कार र हत्याका ६ वर्षदेखि फरार अभियुक्त यादव पक्राउ

बलात्कार र हत्याका ६ वर्षदेखि फरार अभियुक्त यादव पक्राउ

बुधवार , आषाढ ३, २०८३

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ मा ६ वर्षअघि एक महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका वीरेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय महेशपुर पतारको संयुक्त विशेष टोलीले लामो अनुसन्धानपछि यादवलाई नियन्त्रणमा लिएको हो। उनी २०७६ सालदेखि फरार रहेका थिए।

२०७६ कात्तिक २१ गते दिउँसो साढे २ बजे स्थानीय रामआशिष यादवको खेतमा अनितादेवी सदाय मृत अवस्थामा फेला परेकी थिइन्।

त्यसअघि २०७६ असोज ३० गते राति आफ्नै घरमा सुतिरहेको अवस्थामा यादवले धारिलो हतियार देखाएर उनलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो। घटनापछि प्रहरीले यादवको खोजी तीव्र पारे पनि उनी फरार भएका थिए।

हाल पुराना ‘पेन्डिङ’ मुद्दा खोतल्ने क्रममा उनी गाउँमै रहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस भन्दा अगाडी प्रहरी निरीक्षक बिशाल मल्लले सिरहाको चर्चित आनन्दी देवी सदायको जबरजस्ती करणी पछि आत्महत्याको घटनामा संलग्न अभियुक्तहरुलाइ भारतको गुजरातबाट पक्राउ गरी सफल अनुसन्धान गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077