Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

सामाजिक सञ्जालमा खुकुरी देखाई धम्की दिने व्यक्ति लागुऔषधसहित पक्राउ

सामाजिक सञ्जालमा खुकुरी देखाई धम्की दिने व्यक्ति लागुऔषधसहित पक्राउ

बुधवार , आषाढ ३, २०८३

रूपन्देही । सामाजिक सञ्जालमा खुकुरी देखाएर धम्की दिने र कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो ।

उनको साथबाट विभिन्न प्रकारका लागुऔषधका ट्याब्लेटसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रहरीका अनुसार मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेको र आपत्तिजनक शब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।

भिडियो भाइरल भएपछि सर्वसाधारणबाट व्यापक आलोचना भएको थियो। घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077