के सभामुख महोदयले अहिलेसम्म त्यो रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन ?
काठमाडौं । नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सांसद चन्द्र मोहन यादवले सभामुख माथि प्रश्न उठाएका छन् ।
यादवले सभामुखमाथि रास्वपासँगको सम्बन्ध त्याग्न नसकेको आरोप लगाएका छन् ।
'सभामुख जस्तो गरिमामय पदमा बस्नु भन्दा पहिला पो एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदयले अहिलेसम्म त्यो रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन ?,' उनले भने ।
प्रधानमन्त्रीको विवादित अभिव्यक्ति उपर रुलिङ गर्नुपर्ने मागलाई लिएर यस्तो भनेका हुन्
केहीदिन अछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा नेपाल भारतको सिमाबारे विवादित अभिव्यक्ति दिएका थिए ।
सभामुखले सदनको गरिमा बढाउन पनि उक्त अभिव्यक्तिलाई संसदिय रेकर्डबाट हटाउन विपक्षी दलहरूले माग गर्दै आएका छन् । ।तर, सभामुखले यसबारे क्नै चासो नदेखाएको भन्दै कांग्रेस संसद यादवले प्रश्न उठाएका हुन् ।
यता सभामुखको भूमिकामाथि प्रश्न उठाएपछि रास्वपाले पनि नियमापत्ति जनाएको छ ।
रास्वपाका सांसद गणेश कार्की प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ मा सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान राखेको स्मरण गराएका छन् ।
उल्टै सभामुखको आलोचना गरिएको यादवको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइनुपर्ने सांसद कार्कीले माग गरेका छन् ।