Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

बुधवार , आषाढ ३, २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीनको राजधानी बेइजिङ पुगेका थिए ।

भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय सम्बन्ध, आपसी सहयोग विस्तार तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूका विषयमा छलफल गरेका थिए ।

भेटवार्तामा दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका छन् ।

त्यसैगरी उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि छुट्टै भेटवार्ता गरेका थिए ।

उक्त भेटमा पार्टी–पार्टी सम्बन्ध, विकास साझेदारी तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077