Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

विपक्षीको विरोध प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको विरोध प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बुधवार , आषाढ ३, २०८३

काठमाडौं। प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गरेको हो ।

आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै सो दल सम्बद्ध सांसदहरूले लगातार विरोध गर्दै आएको थियो ।

सभामुख अर्यालले आशन ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग गर्न सांसदलाई पटक पटक आग्रह गर्दा पनि नमानेपछि बैठक स्थगित भएको हो ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077