Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन, को-को छन् टिममा ?

प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन, को-को छन् टिममा ?

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन् । 

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सभामुख अर्यालले  कार्यव्यवस्था परामर्श समिति गठन गरी सदस्यहरू मनोनीत गरेको जानकारी गराएका हुन् ।

सभामुखका अनुसार समितिमा विभिन्न दलका प्रतिनिधित्व सुनिश्चित हुनेगरी सदस्यहरू चयन गरिएको छ। 

सभामुख अर्यालका अनुसार मनोनीत सदस्यहरूमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुस्बु ओली र गणेशसिंह ठगुन्ना रहेका छन् ।

त्यसैगरी समितिमा गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव छन् । त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा।राम लामा र विपिनकुमार आचार्य छन् ।

प्रतिनिधिसभा बैठक अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा बसेको सर्वदलीय बैठकले संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ नियमावली निर्माण गर्ने निर्णय गरेको थियो ।

सोहि अनुसार प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो। 

उक्त २१ सदस्यीय कार्यव्यवस्था परामर्श समितिले संसदको कामकाजलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077