Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदीय सुनुवाइ समिति गठन

संसदीय सुनुवाइ समिति गठन

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । संसदीय सुनुवाइ समिति गठन गरिएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले अनुमोदन गरेको हो।

समितिमा सांसदहरू अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, लेखजंग कार्की र वर्षमान पुन सदस्यका रूपमा रहेका छन्।

संसदीय सुनुवाइ समितिमा प्रतनिधिसभाका १२ सांसद र राष्ट्रियसभाका ३ सांसद सदस्य हुन्छन्। जसमा अञ्जान शाक्य, आनन्दप्रसाद ढुंगाना र जगप्रसाद शर्मा रहेका छन्।   

यसैगरी प्रतिनिधि सभाका विषयगत समितिहरूका सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ ।

सभामुख अर्यालले बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय तोकिएको जानकारी गराए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077