Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आज चीन जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल, यस्तो छ कार्यतालिका

आज चीन जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल, यस्तो छ कार्यतालिका

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । 

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नेछन् । यो भ्रमण वाङ यी को निमन्त्रणामा हुन लागेको हो।

भ्रमणका क्रममा बेइजिङमा नेपाल र चीनबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ। मन्त्री खनाल र विदेशमन्त्री वाङ यीबीच हुने भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहकार्य, लगानी, व्यापार, पूर्वाधार, पर्यटन तथा पारस्परिक हितका विविध विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले चीनका अन्य उच्चस्तरीय राजनीतिक तथा सरकारी नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस भ्रमणलाई दुई देशबीचको विश्वास, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।

भ्रमणकै क्रममा मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागिता जनाउनेछन्। सम्मेलनमा उनले नेपालमा लगानीका सम्भावना प्रस्तुत गर्दै चिनियाँ व्यवसायी तथा लगानीकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। नेपालमा विदेशी लगानी आकर्षित गर्ने सरकारको प्रयासका लागि यो कार्यक्रम महत्वपूर्ण मानिएको छ।

यस्तै, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुँदै उनले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको यो उच्चस्तरीय भ्रमण पूरा गरी परराष्ट्रमन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077