Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अमेरिका–इरान सम्झौताका लागि अत्यन्त नजिक पुगेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी

अमेरिका–इरान सम्झौताका लागि अत्यन्त नजिक पुगेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी

आइतवार , जेठ ३१, २०८३

एजेन्सी । लामो समयदेखि तनावग्रस्त रहेको अमेरिका र इरानबीचको सम्बन्धमा महत्वपूर्ण कूटनीतिक प्रगति देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुवै देश सम्झौताका लागि अत्यन्त नजिक पुगेको बताएका छन् ।

सरिफका अनुसार पाकिस्तानले अमेरिका र इरान दुवै पक्षसँग समन्वय गर्दै मध्यस्थताको भूमिका निर्वाह गरिरहेको छ। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेख्दै “शान्ति यसअघि कहिल्यै यति नजिक थिएन, जति अहिले छ” भनेका छन्।

यसैबीच इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि सम्झौता अन्तिम चरणमा पुगेको संकेत दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत अराघचीको उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जालमा साझा गरेका छन्।

गत हप्ता अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा तीन पटकसम्म आक्रमण गरेपछि इरानले पनि जवाफी कारबाही गरेको थियो, जसले पुनः ठूलो स्तरको युद्ध भड्किने चिन्ता बढाएको थियो। तर हाल ७ अप्रिलदेखि दुवै पक्षबीच युद्धविराम लागू रहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077