काठमाडौं । २८ वर्षपछि फिफा विश्वकप फुटबलमा पुनरागमन गरेको स्कटल्यान्डले आफ्नो पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ।
समूह ‘सी’ अन्तर्गत अमेरिकाको बोस्टन रंगशालामा भएको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गरेको हो ।
स्कटल्यान्डको जितमा जोन मेग्गनीले निर्णायक गोल गरे। उनले खेलको पहिलो हाफमै गरेको गोल नै निर्णायक बनेपछि टोलीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
सन् १९९८ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको स्कटल्यान्डले पुनरागमनलाई जितसँगै स्मरणीय बनाएको छ।
यता, हाइटी भने ५२ वर्षपछि विश्वकपमा फर्किएको हो। हाइटीले यसअघि सन् १९७४ मा विश्वकप खेलेको थियो।