Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकपको उद्घाटनमै मेक्सिकोको दमदार सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को सहज जित

विश्वकपको उद्घाटनमै मेक्सिकोको दमदार सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को सहज जित

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

जितसँगै मेक्सिकोले प्रतियोगितामा विजयी सुरुआत गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

खेलको नवौँ मिनेटमै जुलियस क्विनेजले गोल गर्दै विश्वकपको यस संस्करणको पहिलो गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाए। उक्त गोलले मेक्सिकोलाई प्रारम्भिक अग्रता दिलाएको थियो।

पहिलो हाफ १–० ले आफ्नो पक्षमा पारेको मेक्सिकोले दोस्रो हाफमा पनि दबाब कायम राख्यो। खेलको उत्तरार्धमा राउल जिमिनेजले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

खेल प्रतिस्पर्धात्मक र तनावपूर्ण बनेको थियो। रेफ्रीले दक्षिण अफ्रिकाका दुई तथा मेक्सिकोका एक खेलाडीलाई रातो कार्ड देखाएका थिए, जसले खेललाई थप नाटकीय बनायो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077