Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानतर्फ जाँदै गरेको जहाज अमेरिकी सेनाको कब्जामा, हेलफायर मिसाइल प्रहार !

इरानतर्फ जाँदै गरेको जहाज अमेरिकी सेनाको कब्जामा, हेलफायर मिसाइल प्रहार !

आइतवार , जेठ १७, २०८३

एजेन्सी ।  इरानतर्फ गइरहेको एउटा व्यापारिक जहाजलाई अमेरिकी सेनाले मिसाइल प्रहार गरी नियन्त्रणमा लिएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार गाम्बियाको झण्डाबाहक मालवाहक जहाज ‘एमरभी लियान स्टार’ ओमानको खाडी हुँदै इरानको एक बन्दरगाहतर्फ अघि बढिरहेको अवस्थामा रोकिएको हो ।

सेन्टकमले उक्त जहाजलाई रोक्नका लागि २० पटकभन्दा बढी चेतावनी दिइएको तर चालक दलले कुनै निर्देशन पालना नगरेपछि कारबाही गरिएको जनाएको छ।

त्यसपछि एक अमेरिकी सैन्य विमानले जहाजको इन्जिन कक्षमा हेलफायर मिसाइल प्रहार गरेपछि जहाज अगाडि बढ्न नसकेको बताइएको छ।

अमेरिकाका अनुसार यो कारबाही उक्त क्षेत्रमा लागू गरिएको समुद्री नाकाबन्दीको एक हिस्साका रूपमा गरिएको हो।

सेन्टकमले हालसम्म नाकाबन्दी कार्यान्वयनका क्रममा पाँचवटा व्यापारिक जहाजलाई रोकिएको वा निष्क्रिय पारिएको तथा ११६ वटा जहाजको मार्ग परिवर्तन गराइएको दाबी गरेको छ।

इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग र आसपासका समुद्री क्षेत्रहरूमा नियन्त्रण बढाउने प्रयास गरेपछि सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले यस्तो कदम चालेको जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077