Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने एलन मस्क

विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने एलन मस्क

शनिवार , जेठ ३०, २०८३

एजेन्सी । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बनेका छन् ।

स्पेसएक्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत करिब ७५ अर्ब अमेरिकी डलर जुटाएसँगै मस्कको सम्पत्ति ऐतिहासिक उचाइमा पुगेका हुन् । 

रोयटर्सका अनुसार कम्पनीका वित्तीय विवरण र सेयर संरचनासम्बन्धी कागजातहरूको विश्लेषणपछि मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ। सेयर कारोबार सुरु भएपछि उनको सम्पत्ति यो स्तर पार गर्ने अपेक्षा गरिएको छ।

यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब ७८० अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको थियो। तर स्पेसएक्सको मूल्यांकनमा आएको तीव्र वृद्धि र नयाँ आईपीओपछि उनको सम्पत्तिमा ठूलो उछाल आएको बताइएको छ।

मस्कको सम्पत्तिको ठूलो हिस्सा स्पेसएक्समा केन्द्रित रहेको छ भने टेस्ला, न्युरालिंक र अन्य प्रविधि कम्पनीहरू पनि उनको समग्र सम्पत्ति वृद्धिमा योगदान गरिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077