Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिइएको छ।

यसअघि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि उक्त जिम्मेवारी रिक्त रहेको थियो ।

रिक्त पदमा सशस्त्र प्रहरी बलले डीआईजी कार्कीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी तोकेको हो । 

कार्कीलाई संगठनको आधिकारिक सूचना सम्प्रेषण, सञ्चार समन्वय तथा सार्वजनिक जानकारी व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077