काठमाडौं । कैलालीमा सशस्त्र प्रहरी बलको तालिमको क्रममा बेहोस भएका ६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ।
शुक्रबार बिहान कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ८ जना बेहोस भएका थिए।
त्यसमध्ये ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइन लागिएको हो । अहिले काठमाडौं ल्याएर कहाँ उपचार गर्ने भन्ने तय भएको छैन।
बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
यसअघि गम्भीर रहेका उनीहरूलाई थप उपचारका लागि कैलालीबाट सुर्खेत लगिएको थियो ।
सशस्त्र जवानको आधारभूत तालिमअन्तर्गत दुई सय मिटर दौडमा उनीहरू बेहोस भएका थिए ।
बेहोस हुनुको कारण गर्मीबीच भएको तालिम बुझीएको छ । यतीबेला कैलालीमा अत्यधिक गर्मी छ ।