काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार संगठनको प्रशासनिक आवश्यकता, कार्यसम्पादनको प्रभावकारिता र संस्थागत हितलाई दृष्टिगत गर्दै डीएसपीहरूको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा भएका अधिकृतहरूले साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा राशन बुझ्ने व्यवस्था मिलाइएको पनि प्रधान कार्यालयले जानकारी दिएको छ।
सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम गरिएको सरुवाको विवरण सम्बन्धित कार्यालय तथा राष्ट्रिय किताबखानामा पठाइसकिएको जनाइएको छ।
सरुवाअन्तर्गत देशभरका विभिन्न गण, गुल्म तथा अन्य सुरक्षा इकाइमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।