Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

मोरङ पुगेर गृहमन्त्री गुरुङले भने– प्रहरीका जीर्ण भवन सुधार्छौँ

मोरङ पुगेर गृहमन्त्री गुरुङले भने– प्रहरीका जीर्ण भवन सुधार्छौँ

शनिवार , आषाढ २०, २०८३

विराटनगर । जिल्लाको सुरक्षा अवस्था र सेवा प्रवाहको जानकारी लिन शनिबार गृहमन्त्री सुधन गुरुङ मोरङ पुगेका छन् । 

विराटनगर पुगेपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

यससँगै उनले जनताले सास्ती नहुने गरी काम गर्न पाउनुपर्ने बताए । जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई सहज रूपमा सेवा दिनुपर्नेमा जोड दिँदै उनले नागरिकलाई धेरै समय लाइनमा कुराउनुपर्ने वातावरण न्यून गर्न सुझाव दिए।

आवश्यक परे एकै ठाउँबाट सबै सेवा उपलब्ध गराउन थप संरचना निर्माण गर्न पनि उनले सुझाव दिएका छन् । 

यसैगरी प्रहरीका जीर्ण भवन र कमजोर भौतिक संरचनाबारे सरकारलाई जानकारी रहेको उनको भनाइ छ।

उनले भने- 'प्रहरीको समस्या मैले बुझेको छु। अधिकांश स्थानमा भवन र भौतिक संरचना भत्किएका छन्। सरकारले त्यसबारे जानकारी लिएको छ। ती जीर्ण भवनको निर्माण तथा मर्मतसम्भार प्राथमिकतामा रहेको छ।'

यसअघि पनि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले प्रहरी संगठनको भौतिक पूर्वाधार सुधार सरकारको प्राथमिकतामा रहेको बताएका थिए । 

यस्तै उनले नेपाल(भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077