Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

शनिवार , आषाढ २०, २०८३

कैलाली । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएपछि कारागारबाट फरार भएका एक अभियुक्तलाई कैलाली प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१, बनगाउँ निवासी ४५ वर्षीय धनबहादुर घर्ती मगर रहेका छन् ।

कैलाली प्रहरीका अनुसार जिल्ला अदालत कैलालीले २०५६ चैत १३ गते कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो । सजाय भुक्तानका क्रममा उनी २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए ।

फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार अभियुक्तको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनलाई उनकै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077