Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कैलाली प्रहरीको 'सर्च एन्ड स्विप अपरेसन', फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली प्रहरीको 'सर्च एन्ड स्विप अपरेसन', फरार ३४२ प्रतिवादी पक्राउ

सोमवार , मंसिर २९, २०८२

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले सञ्चालन गरेको ‘सर्च एन्ड स्विप अपरेसन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

जिल्ला अदालतले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ परेका हुन् ।

अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले यो ‘सर्च तथा स्विप अपरेसन’ सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले विभिन्न ठाउँबाट पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतसमक्ष पेस गरिएको जानकारी दिए ।

'यो मंसिर महिनाभित्र ३४२ फरार प्रतिवादी पक्राउ गर्न सफल भएका छौँ', उनले भने, 'पक्राउ पर्नेमा फैसला भएर कैद तथा जरिवाना तिर्न बाँकी अदालतमा उपस्थित नहुने प्रतिवादी छन् ।'

फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका मालाखेती, भजनी, टीकापुर, सडकपुर, लम्की, सुखड र चिसापानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो ।

पक्राउ पर्नेमा लागुऔषध, बहुविवाह, बैंकिङ कसुरजस्ता मुद्दाका प्रतिवादी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077