Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अनलाइन ठगीमा संलग्न चारजना पक्राउ

अनलाइन ठगीमा संलग्न चारजना पक्राउ

शुक्रवार , श्रावण ८, २०८३

मकवानपुर । मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिकसहित एक नेपालीलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत विभिन्न आर्थिक प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित बाँस्तोला होटेलमा छापा मारेर भारतको बिहार राज्य, पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज तथा होटेल सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साउन ७ गते नियन्त्रणमा लिइएका उनीहरूको मोबाइल फोन परीक्षण गर्दा टेलिग्राम, ह्वाट्सएपलगायतका डिजिटल प्लेटफर्ममार्फत विभिन्न समूह सञ्चालन गरी अनलाइन ठगीका लागि रकमको कारोबार गरिएको प्रारम्भिक प्रमाण फेला परेको छ।

अनुसन्धानका क्रममा उनीहरूले ‘लोन एन्ड फाइनान्स सर्भिसेज’ र ‘जी छिङ’ नामका ह्वाट्सएप आइडी तथा ‘ड्युकपे’ नामको टेलिग्राम आइडी प्रयोग गरी विभिन्न व्यक्तिलाई आकर्षक आर्थिक प्रलोभन देखाएर रकम असुल्ने गरेको प्रारम्भिक तथ्य खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न चारै जनाविरुद्ध मकवानपुर जिल्ला अदालतबाट अनलाइन ठगीसम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077