Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

कैलालीमा खैरो हेरोइनसहित सातजना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित सातजना पक्राउ

बिहिवार , आषाढ ३२, २०८३

धनगढी । कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ११० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित टीकापुर–३ कटानपुर निवासी २६ वर्षीय उमेश चौधरी बुधबार बिहान पक्राउ परेका हुन् ।

उनलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै, धनगढी उपमहानगरपालिका–३ माछा मार्ग टोलबाट ३३५ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित २८ वर्षीय सुरज चौधरीसहित ५ जना बुधबार बेलुकी पक्राउ परेका छन् ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरूलाई फेला पारी खानतलासी गर्दा प्रतिबन्धित पदार्थ बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–१० घुइँया घाटबाट १६६ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित स्थानीय ३५ वर्षीय राजेश राना बुधबार राति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाको आधारमा जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको थियो। पक्राउ परेका माथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077