मकवानपुर । मकवानपुरमा गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७, किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ छन् ।
मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका–८, सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।
चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जीपबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।