Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

‘अनलाइन’ सट्टेबाजीमा संलग्न चारजना पक्राउ

‘अनलाइन’ सट्टेबाजीमा संलग्न चारजना पक्राउ

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामाथि दुई करोडभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरका सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी छन् ।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएको र श्रव्यदृश्य सामग्री बनाएर सामाजिक सञ्जालमा राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले माइतीघर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूका साथबाट चार थान मोबाइल फोन र चार थान सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूले मोबाइल बैंकिङ र बेटिङ प्लेटफर्ममार्फत दुई करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढाएको प्रवक्ता भट्टराईले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077