काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका बेचन झालाई जिल्ला अदालत काठमाडौंले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै झालाई ठगी उद्योग कसुरमा दोषी ठहर गरी उक्त सजाय सुनाएको हो ।
बेचन झा २०८१ असार १४ गते पक्राउ परेका थिए। पक्राउपछि उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहँदै आएका छन् । यही मुद्धामा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई पनि जेल सजाय निर्धारण गरिएको छ ।
खाँणलाई दुई वर्ष र रायमाझीलाई ४ वर्ष जेल सजाय तोकिएको हो ।
यसका अतिरिक्त रायमाझीलाई ४० हजार र खाँणलाई २० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।