काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्का को इजलासले मंगलबार फैसला सुनाउँदै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने योजनाले नेपालको राज्यको स्वाभिमान, सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर असर पुर्याएको निष्कर्ष निकालेको हो ।
राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पा रहेका छन् ।
अदालतले यी प्रतिवादीहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार तथा कार्यान्वयनकर्ताको भूमिकामा रहेको ठहर गरेको छ।