काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन्।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री शाह सोमबार स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेका थिए। सो क्रममा उनको एमआरआई परीक्षणसमेत गरिएको पुष्टि भएको छ।
यद्यपि, एमआरआई कुन स्वास्थ्य समस्यासँग सम्बन्धित थियो वा नियमित स्वास्थ्य परीक्षणकै हिस्सा थियो भन्ने विषयमा अस्पतालले कुनै जानकारी सार्वजनिक गरेको छैन।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीले गराएको स्वास्थ्य परीक्षणबारे बाहिर जानकारी नदिन आग्रह गरिएको छ।
त्यसैका कारण अस्पताल प्रशासनले परीक्षणको विवरण वा स्वास्थ्य अवस्थाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।