Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण: रायमाझी–बेचन झाको मुद्दाको सुनवाइ स्थगित

भुटानी शरणार्थी प्रकरण: रायमाझी–बेचन झाको मुद्दाको सुनवाइ स्थगित

बिहिवार , माघ २९, २०८२

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा स्थगित भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका रायमाझीका कानुन व्यवसायीले निवेदन दिएपछि तोकिएको पेसी रोकिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा सुनुवाइ हुने तय भएको थियो । तर रायमाझी तर्फका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका हुन् ।

यसअघि रायमाझी र झाले थुनामुक्त गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।

यस्तै बेचन झाले जिल्ला अदालतले छाड्न अस्वीकार गरेपछि उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।त्यसपछि उनीहरू उच्च अदालत पाटन पुगेका हुन् ।

रायमाझीले पुस २५ गते र बेचन झाले पुस ११ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । दुवै जना अहिले पनि पुर्पक्षका लागि थुनामै छन् । 

 

 

 

 

 

दुवै जना अहिले पनि पुर्पक्षका लागि थुनामै छन् । 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077